Logo

नागरिक लगानी कोष र आइएमईबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

नागरिक लगानी कोष र आइएमईबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता



काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच दुई संस्थाबीच सेयर प्रत्याभूति गर्ने बारे सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका छन् ।

आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस्