काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३१.४३ अंकले घट्दै २५ सय ९६ को विन्दुमा झरेर रोकिएको हो ।
आज दिनभर कुल ३ सय १० कम्पनीका ९८ लाख ३२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७६ करोड २ लाख ६७ हजार नाघेको छ ।
आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लाग्दा २ सय ११ कम्पनीको सेयरमूल्य घटेको छ । यससँगै आज २९ कम्पनीको सेयरमुल्य मात्रै उकालो लागेको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसा आज सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।