Logo

सामान्य अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

सामान्य अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ५.६० अंकले घट्दै २६ सय २८.२६ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय १४ कम्पनीका ८१ लाख ४७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २७ करोड माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये वित्त, लघुवित्त र व्यापारबाहेकका सबै समुहको परिसुच ओरालो लागेका छन् । आज कुल १ सय ४९ कम्पनीको सेयरमुल्यमा गिरावट आउँदा ८१ कम्पनीको सेयरमुल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्