काठमाडौं । डिजिटल वालेट आइएमई पेले आएल्स परीक्षा शुल्कमा २ हजार रुपैयाँ छुट दिने सुविधा सार्वजनिक गरेको छ । यसअघि वालेटमार्फत शुल्क तिर्दा १ हजार छुट दिँदै आएको कम्पनीले अब २ हजार रुपैयाँ नगद फिर्ता (क्यासब्याक) दिने भएको हो । यो सुविधा पुस ५ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसबाहेक, पहिलेको १ हजार छुटको सुविधा निरन्तर रहनेछ।
यो नयाँ सेवाबाट सेवाग्राहीहरूले समय र श्रम बचाउँदै आइएमई पे एप प्रयोग गरी सजिलै आइएलटिएस परीक्षा शुल्क तिर्न सक्नेछन्। यस सेवामार्फत आइएलटिएस शैक्षिक (एकेडेमिक), सामान्य (जेनेरल) परीक्षण, आइएलटिएस युकेको भिसाका लागि आवश्यक परीक्षा, तथा लाइफ स्किल्स ए१, ए२ र बि१ को शुल्क भुक्तानी गर्न सकिनेछ।