Logo

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य उकालो लागेको छ । यसअघि लगातार ओरालो लागिरहेको नेप्से आज २.९५ अंकले बढेर २६ सय ३३ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय १८ कम्पनीका ८९ लाख ३९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३४ करोड ३२ लाखमा सीमित भएको छ । यसअघि सोमबार कारोबार रकम ६ अर्ब नजिक पुगेको थियो ।

आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक ओरालो लाग्दा ८ समुहको परिसुचक भने उकालो लागेका छन् । यस्तै आज १ सय १७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय १७ कम्पनीको सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्