Logo

साताको पहिलो दिनमै सेयरबजारमा उच्च अंकको गिरावट, कारोबार ६ अर्ब नजिक

साताको पहिलो दिनमै सेयरबजारमा उच्च अंकको गिरावट, कारोबार ६ अर्ब नजिक



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि नै लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा ५१.३७ अंकले घट्दै २६ सय ३० को विन्दुमा ओर्लिएर रोकिएको हो ।

आज ३ सय ४ कम्पनीका १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब पनि नाघ्न नसकेको देखिन्छ । आज कुल कारोबार ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ माथि पुगेको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । यस्तै आज २ सय २७ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा १५ कम्पनीको सेयरमुल्य मात्रै उकालो लागेको हो ।

बजार उच्च अंकले घटेपनि आज कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्