काठमाडौं । नामी ब्रान्डका ३०० कार एक महिनाभित्रै सडकमा गुड्न थालेका छन्। आधुनिक डिजाइन र प्रिमियम फिचरहरूका कारण, यो नयाँ इलेक्ट्रिक भेइकल (ईभी) नेपाली उपभोक्तामाझ चर्चित बन्दा एक महिनामै ठुलो संख्यामा यी गाडीहरु विक्री भएको नेपालका लागि नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले जानकारी दिएको छ ।
फेसन शो थिममा गरिएको लन्चले नामीलाई अरू कार ब्रान्डभन्दा फरक बनाएको कम्पनीको दावी छ । यस अद्वितीय प्रस्तुतीकरणले कार लन्च गर्ने तरिकालाई पुनः परिभाषित गर्दै फेसन र अटोमोबाइल इनोभेसनलाई जोड्न सफल भएको थियो।
नामीले यसअघि नाडा अटो शोमा ७२० भन्दा बढी बुकिङ हासिल गरेर आफ्नो बजार प्रभुत्व स्थापित गरिसकेको थियो। फ्रेमलेस ढोका, मेमोरी सिट, लेभल २ एडीएएस (एडभान्स्ड ड्राइभर असिस्टन्स सिस्टम) र १२.८ इन्चको एड्भान्स्ड इन्फोटेनमेन्ट सिस्टमजस्ता विशेषताहरूले यसलाई लक्जरी र आधुनिकतामा अग्रणी बनाएको छ।
एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले भने, ‘नामीले नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ। फेसन शो थिममा गरिएको लन्चदेखि नाडा अटो शोमा गरेको उत्कृष्ट प्रदर्शन र अहिले ३०० कार बिक्रीको उपलब्धि हाम्रो ग्राहकहरूको ब्रान्डप्रतिको विश्वासको प्रमाण हो।’
रङ र डिजाइनका विविधताले पनि ग्राहकलाई आकर्षित गरेको पन्तको भनाइ छ। क्षेत्रीय लन्चहरूद्वारा देशभर लोकप्रियता बढाउँदै आएको नामी अब ईभी उद्योगमा नेपालको अग्रणी ब्रान्डको रूपमा उभिएको छ।
नेपालका सडकमा नामीका कारहरू देखिनु कम्पनीको सफलता र दिगोपनतर्फको प्रतिबद्धताको प्रत्यक्ष उदाहरण हो। आधुनिक सोच, इनोभेसन, र ग्राहकलाई केन्द्रमा राखेर अघि बढेको नामीले अटोमोबाइल उद्योगमा आफ्नो विशेष स्थान सुरक्षित गरेको छ।