Logo

साताको अन्तिम कारोबार दिन ३५ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

साताको अन्तिम कारोबार दिन ३५ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा पुनः उच्च अंकको पहिरो गएको छ । ५ दिनदेखि लगातार ओरालो लागेको नेप्से बुधबार भने उच्च अंकले बढेपनि बिहीबार पुनः सोही अनुसार ओरालो लागेको हो । बिहीबार कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ३३.४२ अंकले घटेर २६ सय ८२ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय ४ कम्पनीका १ करोड २३ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १४ करोड ४० लाख माथि पुगेको नेप्सेले जानकारी दिएको छ ।

आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यसरी आज २ सय ४ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ४० कम्पनीको सेयरमुल्यमा भने वृद्धि देखिएको छ । आज जानकी फाइनान्सको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्