Logo

पाँच दिनको गिरावटपछि उच्च अंकले उकालो लाग्यो नेप्से, कारोबार ५ अर्ब माथि

पाँच दिनको गिरावटपछि उच्च अंकले उकालो लाग्यो नेप्से, कारोबार ५ अर्ब माथि



काठमाडौं । गत हप्ताको बिहीबारयता लगातार ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि झिनो अंकसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा एकाएक ४५.८८ अंकले बढ्दै २७ सय १५.७१ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय ८ कम्पनीका १ करोड १३ लाख ८६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ५ करोड ६५ लाख ४४ हजार माथि पुगेको हो ।

आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये जीवन बीमा १ सय ३८ र निर्जीवन बीमा समुहको परिसुचक १ सय ३२ अंकले बढ्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैकिङ समुहको परिसुचक आज ४८ अंकले बढेको छ ।

आज कारोबारमा आएका कुल कम्पनीहरुमध्ये २ सय ११ कम्पनीको सेयरमूल्य बढ्दा २९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने बाँकी ३ कम्पनीको सेयरमूल्य यथावत छ ।

प्रतिक्रिया दिनुहोस्