काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ओरालो लाग्ने क्रम रोकिएन । यो हप्ताकाे हालसम्मै ओरालो लागेको नेप्से आज पनि ६.३२ अंकले घट्दै २६ सय ६९ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय ३ कम्पनीका ८७ लाख ६८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँमा सीमित भएको हो ।
आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यस्तै आज १ सय ४८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ८५ कम्पनीको सेयरमुल्य बढेको छ ।