काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको पहिरो गएको । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ४५.९३ अंकले घट्दै २६ सय
८९ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये जीवन बीमा समुहको परिसुचक सबैभन्दा बढी ४ सय २३ अंकले ओरालो लाग्दा होटल तथा पर्यटन समुहको परिसुचकमा १२४ अंकको पहिरो गएको छ । यस्तै आज निर्जीवन बीमा समुहको परिसुचक १०९ अंकले घट्दा व्यापार समुहको परिसुचक १०८ अंकले घटेको छ ।
आज कारोबार अवधिभर ३ सय २१ कम्पनीका १ करोड ७३ लाख ९२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँमा खुम्चिएको छ । आज मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पाेरेसन, जोसी हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।