Logo

एप्पल वल्डको बार्षिकोत्सव योजना,१५ दिन सम्म फिक्स मुल्यमा मोवाइल

एप्पल वल्डको बार्षिकोत्सव योजना,१५ दिन सम्म फिक्स मुल्यमा मोवाइल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वल्र्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको अवसरमा मोबाइलमा फिक्स मुल्य राखी कारोबार गर्ने भएको छ । एप्पल वल्र्डले १५ दिन सम्म फिक्स मुल्य राखेर कारोबार गर्न लागेको हो ।

प्रथम बार्षिकोत्स मनाउन आफ्ना ग्राहकहरुलाई बिशेष अफर ल्याएको एप्पल वल्र्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । साथै उपभोक्तालाइ समय र पैसाको सदुपयोग गर्दै ढुक्क भएर मोबाइल एक्सचेन्ज, रिपेयर र मोबाइल खरिद गर्न आब्हान गरे ।

6बार्षिकोत्सबकै दिन पारेर सिटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, द वल्र्डभिजन मोबाइल, सिटीसी मल, सिटिभी लिंक इलेक्ट्रोनिक्स केएल टावर चाबहिल र एप्पल वल्र्डले संयुक्त रुपमा दशैंतिहार बम्पर उपहारको लक्की ड्रको घोषणा गरेको छ ।

बम्पर पुरस्कार अन्तर्गतको स्कुटर नवलपरासीका जनक ढकालले प्राप्त गरेका छन् । उनले सिटिसी मलको द वल्र्डभिजन मोबाइलमा सेट खरिद गरेका थिए । बिजेताको घोषणा बैंकर संघका अध्यक्ष अनिल केशरी शाहले गरेका थिए ।

लक्की ड्र घोषणा कार्यक्रममा आइएमसका प्रेशिडेन्ट दिकेश मलहोत्रा, सदिक्षा श्रेष्ठ, मेलिना मानन्धर लगायत नेपाली सिने क्षेत्रका कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्