Logo

नेशनल लाइफको साधारण सभाबाट ३० प्रतिशत लाभांश पारित, १ः१ हकप्रद जारी गर्दै

नेशनल लाइफको साधारण सभाबाट ३० प्रतिशत लाभांश पारित, १ः१ हकप्रद जारी गर्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभाले ३० प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको बुधवार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई बोनस सेयर दिएको हो ।

बोनस सेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी १ अर्व ३२ करोड रुपैयाँ पुगेको छ । यसैगरी सभावाट वोनस पश्चात हुन आउने चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । हकप्रद जारीसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड पुग्ने छ ।

गत वर्ष बैंकले कुल ३ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने ८२ करोड बीमा दावी भुक्तानी गरेको छ । सो अवधिमा कम्पनीले २६ करोड खुद मुनाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL