काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १५.९३ अंकले घट्दै २७३४.९३ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबारमा आएकामध्ये जीवन बीमा र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कारोबार अवधिभर कुल ३ सय ७ कम्पनीका १ करोड ६७ लाख ५७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये २ सय १ कम्पनीको सेयरमूल्य घट्दा ४० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।