Logo

दिनभर उतारचढाव हुँदै ६ अंकले बढ्यो नेप्से, सुध्रिएन कारोवार रकम

दिनभर उतारचढाव हुँदै ६ अंकले बढ्यो नेप्से, सुध्रिएन कारोवार रकम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ५ दशमलव ९७ अंकले उकालो लागेको छ । केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार आज बढेर १ हजार ५ सय १५ दशमलव ४० अंकमा पुगी बन्द भएको हो ।

सो दिन कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ५४ दशमलव ११ अंकले उकालो लागेको छ ।

त्यस्तै उत्पादन समुह १५ दशमलव ३६, बैंकिङ ७ दशमलव २६,जलविद्युत २ दशमलव १२ र विकास बैंक ० दशमलव ६४ अंकले बढेको छ । यता होटल र फाइनान्स समुह भने क्रमशः १३ दशमलव १४ र ० दशमलव ६४ अंकले ओरालो लागेको छ ।

बुधवार एभरेष्ट बैंकको ९ करोड ५३ लाख बराबरको कारोवार भएको छ । सो दिन १ सय ३७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ७ लाख ४४ कित्ता सेयरबाट ४८ करोड २९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्