Logo

नेपालगञ्जमा हुण्डाईको थ्रीएस सेन्टर स्थापना, प्रति महिना ३ सय गाडिलाई सेवा

नेपालगञ्जमा हुण्डाईको थ्रीएस सेन्टर स्थापना, प्रति महिना ३ सय गाडिलाई सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज स्थित आफ्नो डिलर हिम अटो डिस्ट्रिब्युटरको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर स्थापना गरेको छ । एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित सो सेन्टर स्थापना गरिएको हो ।

नेपालगञ्ज र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जानकारी दिएको छ । थ्री एस सेन्टरको श्रेष्ठ परिवारका वरिष्ठ सदस्य हिमप्रसाद श्रेष्ठ तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा उद्दघाटन गरे ।

नेपालगञ्जको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रीएस सेन्टरमा ५ वटा सम्म गाडिको सोरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । सेन्टरमा प्रति महिना ३ सय वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ व्यवस्था पनि छ ।

साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने छन् ।

लक्ष्मी ईन्टरकन्टिनेन्टलले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, बिराटनगर, दमकलगायत प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्