Logo

दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार साढे ८ अर्बमा सीमित

दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार साढे ८ अर्बमा सीमित



काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार अवधिभर उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १७.८० अंकले बढ्दै २७ सय ७५ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय ७ कम्पनीका १ करोड ८१ लाख ६० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबर पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार १० अर्ब बढीको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक ओरालो लाग्दा अन्य ७ समुहको परिसुचकमा भने वृद्धि देखिएको छ । आज १ सय ४२ कम्पनीको सेयरमूल्य बढ्दा ९७ कम्पनीको सेयरमुल्यमा गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्