Logo

मदर्स च्वाइसको वेवीफुड बजारमा, आठ प्रकारका प्राकृतिक फ्लेवरमा उपलब्ध

मदर्स च्वाइसको वेवीफुड बजारमा, आठ प्रकारका प्राकृतिक फ्लेवरमा उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खाटु इन्टरनेशनल प्रालिले ओमानमा उत्पादित वेवी सिरियल र विस्कुट बजारमा भित्र्याएको छ । बच्चाहरुको स्वास्थ्य र पाचन क्रियाका लागी उत्तम भएको भन्दै कम्पनीले बजारमा ल्याएको हो ।

यो ओमानी फुड प्रोक्ट, बच्चाहरुको पाचनको लागी अति उत्तम मानिएको छ । ४ महिना देखी ३ वर्षसम्मका बच्चाहरुले खानसक्ने यी सिरियल आठवटा प्राकृतिक फ्लेवरमा उपलब्ध रहेको छ । यी सिरियलमा पहिला देखीनै दुधको मात्रा अत्यधिक रुपमा रहने भएकाले यसमा पानीमात्र मिसाएर पकाउन सकिने बताइएको छ ।

यसमा कुनै पनि अप्राकिृतिक फ्लेवर हुदैन, यो शुद्घ फलफूल तथा सागसब्जी बाट उत्पादन गरिएको सिरियल हो ।

यसमा १६ किसिमका आइरन, क्याल्सियम र भिटामिन रहेको छ । यसका उत्पादन ओमानी बच्चाहरुको माझ अत्यन्तै लोकप्रिय रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्