Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार साढे १० अर्ब माथि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार साढे १० अर्ब माथि



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से अन्तिम समयमा १९.९७ अंकले बढ्दै २७ सय ५८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय १४ कम्पनीका २ करोड ३० लाख ११ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ५४ करोड १७ लाख नाघेको छ ।

आज कारोबारमा आएकामध्ये ४ कम्पनीको सेयरमूल्य घट्दा अन्य ९ कमपनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज १ सय २६ कम्पनीको सेयरमूल्य बढ्दा १ सय १२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये पनि ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्