काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक झण्डै १० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा ९.९९ अंकले घट्दै २७ सय ३८ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबार अवधिभर ३ सय १४ कम्पनीका १ करोड ६७ लाख ६७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पौने ९ अर्ब माथि अर्थात ८ अर्ब ८३ करोड २२ लाख २५ हजार माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये विकास बैंक, होटल तथा पर्यटन र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यससँगै आज १ सय ७८ कम्पनीको सेयरमुल्य घट्दा ६३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
आज कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक र एउटा कम्पनीको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ ।