Logo

साताको अन्तिम कारोबार दिन घटेर बन्द भयो बजार, कारोबार रकम पनि खुम्चियो

साताको अन्तिम कारोबार दिन घटेर बन्द भयो बजार, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ । यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाएसँगै पछिल्ला २ दिनदेखि बढेको नेप्से आज भने ८.३० अंकले घट्दै २७ सय ४८ को विन्दुमा झरेर बन्द भएको हो ।

कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्सेमा आज कुल ३ सय ७ कम्पनीका १ करोड ६६ लाख ३ हजार ३ सय १५ कित्ता सेयर किनबेच भएका छन् । यसरी सेयर किनबेच हुँदा कारोबार रकम आज ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन बुधबारको तुलनामा केहि कम हो । बुधबार सवा ९ अर्ब माथिको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये ३ समुहको परिसुचक उकालो लाग्दा अन्य १० समुहको परिसुचकमा गिरावट आएको छ । यस्तै आज कुल १ सय ९४ कम्पनीको सेयरमुल्य घट्दा ५० कम्पनीको सेयरमुल्यमा मात्रै वृद्धि देखिन्छ । आज परिसुचक घट्दा पनि ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्