काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार बढिरहेको नेप्से आज अन्तिम समयमा ३८.८१ अंकले बढ्दै २७ सय ५५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १६ कम्पनीका १ करोड ७१ लाख ८३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये वित्त बाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।
बुधबार कुल ४० कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ९९ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ । त्यसमध्ये पनि आज ८ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।