काठमाडौं । मंगलबार नेप्से पसिुचक दोहोरो अंकले बढ्न पुगेको छ । सरकारले नेपाल धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको भोलिपल्ट नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको हो ।
लामो समय यता रुमलिरहेको बजारमा बोर्डमा अध्यक्ष नियुक्त भएसँगै लगानीकर्तामा केही आशा पलाएको देखिन्छ । सोही अनुरुप मंगलबार बजार खुल्ने वित्तिकै उच्च अंकले बढेको बजार अन्तिममा ३३.४१ अकले बढेर बन्द हुन पुगेको छ । ‘सबोनले अध्यक्ष पाएसँगै बोर्डका गतिविधि र दिर्घकालिन सुधारका काम हुने आशा बढेको छ,’ एक लगानीकर्ताले भने, ‘सोही अनुरुप बजार बढ्न पुगेको हो ।’
बजार खुलेदेखिनै बढेको बजारमा कारोबार रकम पनि साढे ७ अर्ब नजिक पुगेको छ । दिनभर दिन भर ७ अर्ब ४४ करोड बराबरको १४ लाख २९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीमा नेगेटिभ सर्किट लाग्न पुगेको छ ।