Logo

विवाहको सिजनमा लगातार ओरालो लाग्दै सुनको भाउ, ५२ हजार ६ सयमा किनबेच

विवाहको सिजनमा लगातार ओरालो लाग्दै सुनको भाउ, ५२ हजार ६ सयमा किनबेच


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ आइतवार पनि ओरालो लागेको छ । सो दिन सुन तोलाको ४ सयले ओरालो लागेको हो । आइतवार सुन तोलाको ५२ हजार ६ सयमा किनबेच भएको छ ।

विवाहको सिजनमा सुनको भाउ ओरालो लागेपनि ग्राहकले भने चाहेअनुसार खरिद गर्न नपाएको व्यवसायीहरु बताउँछन् । बजारमा सुन अभाव भएकोले गर्दा माग अनुसार उपलब्ध गराउन नसकिएको नेपाल सुनचाादी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

महासंघका अनुसार शुक्रवार सुन तोलाको ५३ हजार रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै बजारमा सुनसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ । शक्रवार तोलाको ७ सय ९० मा कारोवार भएको चाँदी आज प्रतितोला ७ सय ८५ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्