काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्ति समयमा १५.८३ अंकले बढ्दै २६ सय ८३.२४ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसका कारण आज १ सय ६९ कम्पनीको सेयरमूल्य बढ्दा ६७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
आज कुल ३ सय ९ कम्पनीका १ करोड २२ लाख ६३ हजार बढी कित्ता सेयर ६५ हजार ८ सय पटक किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३४ करोड ५८ लाख माथि पुगेको छ । यो अघिल्लो कारोबार दिन आईतबारको तुलनामा केहि कम हो । आईतबार कारोबार पौने ८ अर्ब नजिक पुगेको थियो ।