Logo

गार्डियन माइक्रो लाइफले पायो आइपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि साढे २२ लाख कित्ता जारी गरिँदै

गार्डियन माइक्रो लाइफले पायो आइपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि साढे २२ लाख कित्ता जारी गरिँदै



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको छ । आइतबार बोर्डको बैठकले उक्त कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको हो ।

कम्पनीले स्वीकृति पाएकोमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहका लागि जारी गर्नेछ ।

गत वर्षको पुस २० गतेदेखि सेबोनका तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै त्यसयता रिलायन्स स्पिनिङ मिल्सबाहेक कुनै कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिईएको छैन । तर, बुक बिल्डिङमार्फत आईपीओको स्वीकृति पाएको रिलायन्सको आइपीओ पनि विवादित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्