Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार पौने ८ अर्ब नजिक

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार पौने ८ अर्ब नजिक



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १३.०३ अंकले घट्दै २६६७.४० को विन्दुमा झरेर रोकिएको हो ।

कारोबार अवधिभर आज कुल ३ सय २२ कम्पनीका १ करोड ५२ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ माथि पुगेको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये १ सय ८१ कम्पनीको सेयरमूल्य घट्दा ५५ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

आज कारोबारमा आएकामध्ये लगानी र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्