Logo

नेप्सेले सार्वजनिक गर्याे स्टक डिलर कारोबारयोग्य ११२ कम्पनीको सूची, कुन कुन कम्पनी योग्य ?

नेप्सेले सार्वजनिक गर्याे स्टक डिलर कारोबारयोग्य ११२ कम्पनीको सूची, कुन कुन कम्पनी योग्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक डिलर कारोबारयोग्य कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । बिहीबार एक सूचना सार्वजनिक गर्दै नेप्सेले धितोपत्र व्यापारीहरु (स्टक डिलर)को लागि कारोबारयोग्य १ सय १२ कम्पनीको नामावली प्रकाशन गरेको हो ।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य संचालनसम्बन्धी कार्यविधि २०७७ को परिच्छेद दुईको दफा ३ (२) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीको नामावली सार्वजनिक गरिएको हो । तर नेप्सेमा हाल ३ सय १४ कम्पनीहरुको सेयर सूचीकृत भईसकेको छ ।
त्यसमध्ये नेप्सेले स्टक डिलर कारोबारका लागि जम्मा १ सय १२ कम्पनीमात्रै कारोबारयोग्य रहेको बताएको हो ।

नेप्सेले सार्वजनिक गरेको स्टक डिलर कारोबार योग्य कम्पनीहरुमा २६ लघुवित्त, २५ जलविद्युत, १९ वाणिज्य बैंक र ९ वटा विकास बैंक रहेका छन् । यस्तै डिलर कारोबार योग्य कम्पनीहरुमा ५ फाइनान्स, ७ जीवन बीमा, ११ निर्जीवन बीमा, ६ वटा लगानी समूहका कम्पनी र उत्पादन तथा अन्य समूहका २/२ वटा कम्पनी छन् ।

प्रतिक्रिया दिनुहोस्