काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से आज अन्तिम समयमा ३१.३१ अंकले घट्दै २६ सय ८० को विन्दुमा झरेर बन्द भएको हो ।
आज कारोबार अवधिभर ३ सय १४ कम्पनीका १ करोड ८४ लाख ७४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब २६ करोड ७६ लाख रुपैयाँ माथि पुगेको छ । यो अघिल्लो कारोबार दिन बुधबारको तुलनामा केहि बढी हो ।
आज कारोबारमा आएकामध्ये १ सय ९७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । त्यसमध्ये पनि आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।