Logo

थप ४२ कम्पनी आइपीओ निष्कासन अनुमतिको पाइपलाइनमा, सेबोनमा अध्यक्ष नहुँदा रोकियो पौने ४५ अर्बको सेयर

थप ४२ कम्पनी आइपीओ निष्कासन अनुमतिको पाइपलाइनमा, सेबोनमा अध्यक्ष नहुँदा रोकियो पौने ४५ अर्बको सेयर



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हाल ४२ नयाँ कम्पनीहरू साधारण सेयर (आईपिओ) निष्कासनको पाइपलाइनमा समावेश भएका छन्। यससँगै आइपिओ निष्कासनको अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूको संख्या ७७ मा पुगेको छ ।

सेबोनले लामो समयदेखि अध्यक्ष नपाउँदा अर्बौँको आईपिओ निष्कासनमा अवरोध आएको थियो, तर अब थपिएका नयाँ कम्पनीहरूले स्थिति परिवर्तन गरेका छन्। यस अघि ३५ कम्पनीहरू यस्तो पाइपलाइनमा थिए।

नयाँ कम्पनीहरू समावेश गरिएपछि, सेबोनको पाइपलाइनमा कुल ७७ कम्पनीहरू पुगेका हुन् । जसको आईपिओ निष्कासनको कुल मूल्य ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार ३१५ रुपैयाँ छ। यी कम्पनीहरूले ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता सेयरको लागि आवेदन दिएका छन्।

आईपिओ निष्कासन अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूको बीचमा हाइड्रोपावर क्षेत्रका कम्पनीहरूको संख्या सबैभन्दा धेरै रहेको छ। हालसम्म ३७ हाइड्रोपावर कम्पनीहरूले सेबोनमा आवेदन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्