काठमाडौं । नेपालको ईभी बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभी जिकर एक्स सार्वजनिक गरिएको छ । सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यो गाडी आधुनिक प्रविधि, आकर्षक डिजाइन, र सुरक्षाको उत्कृष्ट संयोजनको रूपमा प्रस्तुत गरिएको हो।
जिकर एक्समा ४४० किलोमिटर डब्ल्यूएलटीपी रेन्जको साथ ६६ किलोवाट आवरको लिथियम(आयोन ब्याट्री प्रयोग गरिएको छ। यसमा ‘एनएमसि सेल’ प्रविधि रहेको छ, जसले इनर्जी डेन्सिटी बढाउनुका साथै टिकाउ प्रदर्शन सुनिश्चित गर्दछ। गाडीको रियर ह्विल ड्राइभ मोडेलको प्रारम्भिक मूल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ भने अल ह्विल ड्राइभ मोडेलको मूल्य १ करोड ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ।
यो गाडीमा थर्ड जेनेरेशन सिलिकन(कार्बाइड इन्भर्टरसहित २०० किलोवाट (२७२ एचपी) क्षमताको मोटर जडान गरिएको छ, जसले मात्र ५.६ सेकेन्डमा ०(१०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको २७५० मिलिमिटरको ह्विलबेस, ४४३२ मिलिमिटरको लम्बाइ, र १५६६ मिलिमिटरको उचाइले यसलाई सहरी सडकका लागि उपयुक्त बनाएको छ।
जिकर एक्सको इन्टेरियरमा १४.६ इन्चको एचडी टचस्क्रिन, ८.८ इन्चको एचडी इन्स्ट्रुमेन्ट प्यानल, र २४.३ इन्चको अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले जस्ता प्रविधि समावेश छन्। हेडअप डिस्प्लेले ड्राइभरलाई गाडीको गति, नेभिगेसन निर्देशन, र अन्य सूचनाहरू सिधै विन्डस्क्रिनमा प्रोजेक्ट गरेर सहज र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ।
गाडीको निर्माणमा ७३ प्रतिशत ‘हाई स्ट्रेन्थ स्टिल’ प्रयोग गरिएको छ, जसले संरचनात्मक सुरक्षासँगै तौल घटाउने काम गर्दछ। यसको आकर्षक बाहिरी डिजाइन ‘गोल्डेन रेसियो’ अवधारणामा आधारित छ, जसले गाडीलाई सौन्दर्य र कार्यक्षमताको उत्कृष्ट समायोजन प्रदान गरेको छ।
पायोनियर मोटो कर्पले जिकर एक्सलाई नेपाली ग्राहकहरूका लागि प्रस्तुत गरेको छ। आधुनिक प्रविधि र सहज उपयोगिताको अद्वितीय संयोजन रहेको यस गाडीले ईभी क्षेत्रमा नयाँ मापदण्ड कायम गर्ने विश्वास गरिएको छ।