Logo

९ अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो

९ अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो



काठमाडौं । साताको चौथो काराेबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव हुँदै नेप्से अन्तिम समयमा ९.०९ अंकले उकालो लागेर २७११ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक ओरालो लाग्दा अन्य समुहको परिसुचकमा वृद्धि देखिएको छ ।

आज कारोबार अवधिभर ३ सय २३ कम्पनीका १ करोड ५४ लाख ६४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ९ करोड २८ लाख रुपैयाँ माथि पुगेको छ । आज ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्