Logo

सेलिङ प्रेसर आउँदा सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार साढे १० अर्ब नजिक

सेलिङ प्रेसर आउँदा सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार साढे १० अर्ब नजिक



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ सेयर बजार उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा ५१.११ अंकले घट्दै २७ सय २ को विन्दुमा झरेर बन्द भएको हो ।

बजारमा आज सेलिङ प्रेसर आउँदा कारोबारमा आएका सबै समुहको परिसुचकमा गिरावट आएको छ । आज २ सय २४ कम्पनीको सेयरमूल्य घटेको छ भने जम्मा २० कम्पनीको सेयरमूल्य मात्रै बढ्न पुगेको छ ।

यस दिन कुल ३ सय १० कम्पनीका २ करोड २५ लाख ८८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ४६ करोड ८३ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्