काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ४ अंकले उकालो लागेपनि कारोबार भने झण्डै पौने १२ अर्ब पुगेको हो ।
नेप्सेका अनुसार आज कारोबार अवधिभर उत्तारचढाव हुँदै नेप्से परिसुचक ४.९८ अंकले उकालो लागेर २७ सय ५३ को विन्दुमा पुगेर रोकिएको छ ।
तर, कारोबारमा आएका ३ सय २६ कम्पनीका २ करोड ४४ लाख २६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार माथि पुगेको हो ।
आज बैंकिङ, वित्त, उत्पादनमुलक र निर्जीवन बीमा समुहको परिसुचकमा गिरावट आएपनि अन्य समुहको परिसुचक उकालो लागेका छन् । जसका कारण आज १ सय ४५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा जम्मा ९२ कम्पनीको सेयरमुल्य मात्रै घटेको छ । आज ४ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।