Logo

फर्कियो नेप्सेको लय, साताको अन्तिम दिन दोहोरो अंकले बढ्दै १० अर्ब बढीको कारोबार

फर्कियो नेप्सेको लय, साताको अन्तिम दिन दोहोरो अंकले बढ्दै १० अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । यसअघि पछिल्लो केहिदिनदेखि ओरालो लागिरहेको नेप्सेले बिहीबार भने लय समातेको हो ।

कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा आज १३.९५ अंकले बढ्दै २७ सय ४८ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर ३ सय २१ कम्पनीका २ करोड १६ लाख ६० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ३२ करोड माथि पुगेको हो ।

आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक ओरालो लाग्दा ७ कम्पनीको परिसुचक उकालो लागेको छ । आज १ सय ५९ कम्पनीको सेयरमूल्य बढ्दा ७९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्