Logo

१० अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि सामान्य बृद्धि

१० अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि सामान्य बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ९ दशमलव ९१ अंकले उकालो लागेको छ । अघिल्लो २ दिनमा ५६ अंकले ओरालो लागेको नेप्से परिसुचक आज बढेको हो ।

बजारमा जलविद्युत वाहेक सवै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ७८ अंकले उकालो लागेको छ । यसैगरी बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ६ अंकले बढ्न भएको छ ।

यसैगरी होटल समुहको परिसुचक ५२ अंकले उनकालो लागेको छ र अन्य समुहका परिसुचक भने सामान्य मात्र बढेको छ ।

मंगलबार कारोवार रकममा पनि सामान्य बृद्धि भएको छ । दैनिक कारोवारमा झण्डै १० करोड रुपैयाँले बृद्धि हुँदै आज ७७ करोड १८ लाख रुपैयाँ बरावरको ९ लाख ४० हजार कित्ता सेयर खरिदविक्री भएको छ । जसमा सवैभन्दा बढी सिद्धार्थ बैंकको पौने ९ करोड रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्