काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १४.१२ अंकले घट्दै २७ सय ३४.८३ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबार अवधिभर ३ सय ८ कम्पनीका १ करोड ५३ लाख ६२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँ माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ४ समुहको परिसुचक उकालो लाग्दा अन्य सबै समुहको परिसुचकमा गिरावट देखिएको छ । बुधबार १ सय ३८ कम्पनीका सेयरमूल्य घट्दा ९९ कम्पनीको सेयरमूल्य बढेको छ । आज ६ कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको छ ।