काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । याे हप्ताको पहिलो २ दिन लगातार उकालो लागेको नेप्से आज ११.२४ अंकले घट्दै २७ सय ४८.९६ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १२ कम्पनीका १ करोड ६७ लाख ८६ हजार कित्ता बढी सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख माथिको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये वित्त निर्जीवन बीमा र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज १ सय ५७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ८० कम्पनीको सेयरमुल्य उकालो लागेको छ । आज बजार घट्दा पनि ४ कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको छ ।