Logo

सामान्य ओरालो लाग्यो सुन, तोलाको ५३७०० मा कारोवार, चाँदीमा ५ रुपैयाँ बृद्धि

सामान्य ओरालो लाग्यो सुन, तोलाको ५३७०० मा कारोवार, चाँदीमा ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य ओरालो लागेको छ । केही समय यता ओरालो लागेको सुनको मूल्य आज पनि प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

बजारमा सुनको मूल्य सामान्य घट्दै प्रतितोला ५३ हजार ७० सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

केही दिनयता स्थिर रहेको चाँदीको मूल्य भने सामान्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ७ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्