Logo

२२ अंकले बढ्यो सेयर बजार, सवा ११ अर्ब बढीको कारोबार

२२ अंकले बढ्यो सेयर बजार, सवा ११ अर्ब बढीको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लाग्दै मध्यतिर केहि ओरालो लागेर पुनः २२.१४ अंकले बढेर नेप्से विन्दु २७ सय ६०मा पुग्दै बन्द भएको हो । आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक ओरालो लाग्दा ८ समुहको सेयरमूल्यमा भने वृद्धि देखिन्छ ।

नेप्सेका अनुसार सोमबार विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा समुहको परिसुचकमा गिरावट आएको छ । अन्य समुहको परिसुचक भने उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।

आज कारोबार अवधिभर ३ सय २ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १ सय ५३ बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार माथि पुगेको छ । आज ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्