Logo

साताको पहिलो दिन नेप्सेमा हरियाली, परिसुचक ६२ अंकले बढ्दा पौने १० अर्बको कारोबार

साताको पहिलो दिन नेप्सेमा हरियाली, परिसुचक ६२ अंकले बढ्दा पौने १० अर्बको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा हरियाली छाएकाे छ । अघिल्ला हप्ताहरुमा झिनो अंकले उकालो लागिरहेको नेप्से यो हप्ताको पहिलो दिनमै ६२.५४ अंकले उकालो लागेर २७ सय ३८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये जीवन बीमा समुहको परिसुचक २ सय ८६ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचकमा २ सय ५९ अंकको वृद्धि देखिएको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक १ सय ४३, उत्पादनमुलक समुहको १ सय ६१, वित्त समुहको ८६, लघुवित्त समुहको परिसुचक ७५ अंकले उकालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आईतबार २४ अंकले उकालो लाग्दा जलविद्युत समुहको परिसुचकमा १ सय ४३ अंकको वृद्धि देखिएको छ ।

यसरी आज कारोबारमा आएकामध्ये २ सय २८ कम्पनीको सेयरमुल्य उकालो लाग्दा १३ कम्पनीको सेयरमुल्य ओरालो लागेको छ ।
आज कारोबार अवधिभर ३ सय २५ कम्पनीका २ करोड २४ लाख ७४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ७७ करोड ११ लाख २४ हजार माथि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This