Logo

नेपालमा भिभोको ‘वाई १९एस’ सार्वजनिक, बजारमूल्य कति ?

नेपालमा भिभोको ‘वाई १९एस’ सार्वजनिक, बजारमूल्य कति ?



काठमाडौं । भिभोले नेपाली बजारमा आफ्नो वाई सिरिजअन्तर्गतको नवीनतम स्मार्टफोन, भिभो वाई १९एस सार्वजनिक गरेको छ। यो स्मार्टफोन आकर्षक डिजाइन, उन्नत प्रविधि, र मनोरञ्जनात्मक सुविधाहरूले भरिपूर्ण छ, जसले युवा पुस्ताका लागि एक उत्कृष्ट स्मार्टफोन साथीको भूमिका निर्वाह गर्नेछ।

भिभो वाई १९एसले डाइनामिक लाइटसहितको स्टाइलिश डिजाइन प्रस्तुत गर्दै फोनको सौन्दर्यलाई नयाँ उचाइमा पुर्याएको छ। यसको अभिनव ब्रीदिङ लाइट फिचरले कलहरू आउँदा, फोटो सुटिङ काउन्टडाउन, गेम सुरु हुँदा, संगीत सुन्दा र चार्जिङको समयमा सूचनाहरूलाई सजिलै बुझ्न मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो स्मार्टफोन दुई आकर्षक रङ विकल्पमा उपलब्ध छ—पर्ल सिल्भर र डायमण्ड ब्ल्याक। पर्ल सिल्भर मोडेलले इन्द्रेणीका रङहरूको चमक प्रस्तुत गर्दा डायमण्ड ब्ल्याक संस्करणले डायमण्डजस्तो चमक दिने आकर्षक बनावट दिन्छ। यी रंग विकल्पहरूले युवा पुस्तालाई आफ्नै स्टाइलअनुसार छनोट गर्ने अवसर प्रदान गर्छन्।

भिभो वाई १९एसमा ६.६८ इन्चको ९० हर्ट्ज डज डिस्प्ले र १००० निट्स सम्मको ब्राइटनेस रहेको छ, जसले उज्यालो वा घाममा पनि उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ। यसमा टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि छ, जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्दछ। थप रूपमा, डुअल स्टीरियो स्पिकर र ३०० प्रतिशत अडियो बूस्टरले यसलाई अद्वितीय अडियो–भिजुअल अनुभव बनाउँछ।

५१५० एमएएचको ब्याट्री क्षमता रहेको यो स्मार्टफोनमा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी पनि दिइएको छ, जसले १६०० चार्ज साइकल पछि पनि ब्याट्रीको न्यूनतम ८० प्रतिशत क्षमताको सुरक्षा प्रदान गर्दछ। एसजिएस ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसनले यसलाई झर्ने वा बाह्य दबाबको सामना गर्न सक्षम बनाउँछ। यसको ५० एमपी मुख्य क्यामेराले दिन र रातमा क्रिस्टल स्पष्ट तस्बिरहरू खिच्न मद्दत गर्दछ।

भिभो वाई १९एस युवा पुस्ताका लागि शक्ति र स्टाइलको विशेष संयोजनमा उपलब्ध छ। यो दुई भेरियन्टमा आएको छ—४/१२८ जिबी स्टोरेजको मूल्य १६ हजार ९ सय ९९ र ६÷१२८ जिबी स्टोरेजको मूल्य १८ हजार ४ सय ९९—जसले नयाँ प्रविधि र उत्कृष्ट कार्यसम्पादन खोज्ने प्रयोगकर्ताहरूका लागि आकर्षक विकल्प प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्