Logo

२ दिनमा ५६ अंकले घट्यो नेप्से, खस्किँदै कारोवार रकम, सद्धार्थमा झुम्मिए लगानीकर्ता

२ दिनमा ५६ अंकले घट्यो नेप्से, खस्किँदै कारोवार रकम, सद्धार्थमा झुम्मिए लगानीकर्ता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समय यता ओरालो लागेको नेप्से परिसुचक यो हप्ताको २ दिनमा झण्डै ५६ अंकले ओरालो लागेको छ । आइतबार २९ दशमलव ५४ अंकले ओरालो लागेको नेप्से परिसुचक आज पनि २६ दशमलव ३५ अंकले घटेकोे छ ।

सोमबार बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ५ सय ४४ अंकमा झरेको छ । बजारमा उत्पादनमुल वाहेक सवै समुहका परिसुचक ओरालो लागेका छन् ।

जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ७३ अंकले घट्न गएको छ । यसैगरी बजारमा बढी प्रभावपार्ने बैंकिङ समुहको परिसुचक पनि २५ अंकले घट्न गएको छ । यसैगरी बजारमा विकास बैंक र होटल समुहका परिसुचक पनि उच्च रुपमा घट्न गएको छ ।

सोमबार पनि कारोवार रकममा गिरावट आएको छ । आइतबार ७५ करोड रुपैयाँको सेयर कारोवार भएकोमा सोमबार घटेर ६४ करोड ८२ लाख रुपैयाँमा सिमित भएको छ । जसमा सवैभन्दा बन्दा बढी सिद्धार्थ बैंकको सेयर खरिदविक्री बढी भएको छ । सिद्धार्थले ४९ प्रतिशत बोनस सेयर घोषणा गरेसँगै कारोवार बढेको हो ।

यसैगरी आजैमात्र ६५ प्रतिशत हकप्रद र १३ प्रतिशत बोनस सेयर घोषणा गरेको मेगा बैंकको पनि ५ करोड २४ लाख रुपैयाँको सेयर खरिद विक्री भएको छ । विगत ३ हप्तादेखि उच्च कारोवार हुँदै आएको एभरेष्ट बैंक भने आज तेस्रो स्थानमा रहँदै ४ करोड ३७ लाख रुपैयाँको मात्र कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्