Logo

नेप्सेको ओरालो यात्रा कायमै, सामान्य अंकले घट्दा ५ अर्ब २२ करोडको कारोबार

नेप्सेको ओरालो यात्रा कायमै, सामान्य अंकले घट्दा ५ अर्ब २२ करोडको कारोबार



काठमाडौं । तिहारपछि मंगलबार खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लाग्ने क्रम अझै जारी छ । मंगलबार ओरालो लागेको नेप्से बुधबार पनि सामान्य अंकले ओरालो लागेको हो ।

यसदिन कारोबार अवधिभर उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १.८८ अंकले घट्दै २६ सय ७५.५१ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २० कम्पनीका १ करोड १६ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २२ करोड २४ लाख ८६ हजार माथि पुगेको हो ।

आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक उकालो लाग्दा अन्य ७ समुहको परिसुचक ओरालो लागेका छन् । यसरी आज कारोबारमा आएकामध्ये १ सय २१ कम्पनीको सेयरमूल्य बढ्दा १ सय १७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्