काठमाडौं । तिहार पछिको करिव ५ दिनपछि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । करिव ५ दिनपछि मंगलबार खुलेको नेप्से आज ०.२१ अंकले घटेर २६ सय ७७.४० को विन्दुमा झरेर बन्द भएको हो ।
आज कारोबारमा आएकामध्ये ७ समुहको परिसुचक उकालो लाग्दा अन्य ६ समुहको परिसुचकमा गिरावट आएको छ । यसैका कारण आज कारोबारमा आएकामध्ये १ सय १३ कम्पनीको सेयरमुल्य उकालो लाग्दा १ सय २४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
आज कुल ३ सय २ कम्पनीका ९७ लाख १३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २० करोड ५५ लाख ५ हजार २ सय ३७ रुपैयाँ पुगेको छ । आज नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।