Logo

अमेरिकी अर्थशास्त्री जेफ्रीले चढे चन्द्रगिरी केवलकार, उत्कृष्ट पर्यटकीय गन्तन्वय भएको दावी

अमेरिकी अर्थशास्त्री जेफ्रीले चढे चन्द्रगिरी केवलकार, उत्कृष्ट पर्यटकीय गन्तन्वय भएको दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकी अर्थशास्त्री एवं कोलम्बिया विश्व विधालयका प्राध्यापक जेफ्री डी. साच्सले चन्द्रागिरी बेकलकार चढेका छन् । आर्थिक विकास र गरिबी बिरुद्धको लडाईका ज्ञाता रुपमा चिनिने जेफ्रीले आज परिवार सहित चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका हुन् ।

जेफ्रीले भ्रमणको क्रममा चन्द्रागिरि हिल्सको आगन्तुक पुस्तिकामार्फत शुभकामना ब्यक्तगर्दै चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधारबाट आफु अत्यन्तै प्रभावित भएको बताएका छन् । ‘यस्तो अनुपमप र्यटकीय सम्भावना भएको क्षेत्रलाई नेपाललगायत विश्वका पर्यटकहरुको पहुँचमा ल्याउन सफल भएकोमा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालमार्फत सबैलाई धन्यबाद ज्ञापन दिन चाहन्छु,’ उनले भने, ‘नेपाल र नेपालीको सुःख, शान्ति र समृद्विको पनि कामना गर्दछु ।’

हावर्ड विश्वविधालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका साच्च संयुक्त राष्ट्र संघ ‘सह्रशताब्दी विकास लक्ष्य’ का विशेष सल्लाहकारका रुपमा समेत कामम गरेका थिए । साच्चले संयुक्त राष्ट्र संघका पुर्व महासचिव द्वय कोफीअन्नान र वानकिमुनको कार्यकालमा यो जिम्मेवारी सम्हाल्लेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL