Logo

तिहार अघि अन्तिम कारोबार दिन ओरालो लाग्यो नेप्से, दोहोरो अंकले घट्दा झण्डै ६ अर्बको कारोबार

तिहार अघि अन्तिम कारोबार दिन ओरालो लाग्यो नेप्से, दोहोरो अंकले घट्दा झण्डै ६ अर्बको कारोबार



काठमाडौं । यो साता लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार भने ओरालो लागेको छ । यो साताका अघिल्ला ३ दिन लगातार उकालो लागेपनि आज भने नेप्से १४.४३ अंकले घटेर २६ सय ७७ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

बुधबार कुल ३ सय ५ कम्पनीका १ करोड २० लाख ६९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९५ करोड ३९ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ६४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ७५ कम्पनीको सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्