Logo

एशिया प्रशान्त सम्मेलनमा कोकाकोलाको सहकार्य, युवा नेतृत्ववीच सञ्जाल निर्माण

एशिया प्रशान्त सम्मेलनमा कोकाकोलाको सहकार्य, युवा नेतृत्ववीच सञ्जाल निर्माण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कोकाकोलाले एशिया प्रशान्त सम्मेलनमा सहकार्य गर्ने भएको छ । एआईईएसइसीले आयोजना गर्न लागेको पाँच दिने एसिया प्रशान्त नेतृत्व शिखर सम्मेलनको आयोजना गर्न लागेको हो ।

यस क्षेत्रका युवा नेतृत्वहरुकाबीच सञ्जाल निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागेको हो । यस कार्यक्रमले २४ देशका २ सय जना अन्तर्राष्ट्रिय युवाहरुका साथै ५० जना मुख्य टिम सदस्यहरुलाई स्वागत गर्नेछ ।

यसका अतिरिक्त, सार्वजनिक, निजी तथा तेस्रो क्षेत्रबाट २ सय स्थानीय नेपाली विद्यार्थीहरु, व्यवसायीक नेतृत्वकर्ताहरु र विकास विज्ञहरुको सहभागिता समेत रहनेछ ।

यो कार्यक्रम यहि नोभेम्बर २९ देखि ४ डिसेम्बरसम्म धुलिखेल लज रिसोर्ट, धुलिखेल काभ्रेमा आयोजना हुने छ । सम्मेलनले युवा नेतृत्वलाई विभिन्न क्षेत्रका युवाहरु, विकासका व्यवसायिक व्यक्तित्वहरु र व्यवसायीक नेतृत्वकर्ताहरुवीच पर्यावरणको क्षेत्रमा सामाजिक परिवर्तन, लैङ्गिक समानता, शिक्षा, नेतृत्व र जलवायु परिवर्तनका क्षेत्रहरुमा छलफलका लागि साझा मञ्च प्रदान गर्दछ ।

साथै, सम्मेलनमा, विश्वको संस्कुति र जातीय गतिविधि आदानप्रदान गर्नका लागि वक्तित्व फोरम, ग्लोवल भिलेज, गाला नाइट, नेपाल नाइट लगायतका विशेष समारोहको पनि आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्