Logo

उकालो यात्रामा सेयरबजार, नेप्से ४६ अंकले बढ्दा ६ अर्बको कारोबार

उकालो यात्रामा सेयरबजार, नेप्से ४६ अंकले बढ्दा ६ अर्बको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । अघिल्लो हप्ता लगातार ओरालो लागिरहेको नेप्से यो हप्ताको सुरुवातिदेखि उकालो यात्रामा छ ।

आज पनि नेप्से परिसुचक ४६.६९ अंकले बढ्दै २६ सय ९२ को विन्दुमा पुगेर रोकिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकसहित बढेको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा २ सय २१ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ भने १७ कम्पनीको सेयरमूल्य घटेको छ । आज कारोबार अवधिभर कुल ३ सय १९ कम्पनीका १ करोड ३३ लाख ७३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ नाघेको छ ।

आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये ४ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्