Logo

केएल टावरको दशैतिहार उपहार योजना वितरण, तीन जनाले पाए टिभिएसको मोटरराइकल र स्कुटर

केएल टावरको दशैतिहार उपहार योजना वितरण, तीन जनाले पाए टिभिएसको मोटरराइकल र स्कुटर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बितरण गरेको छ । शनिबार एक कार्यक्रमबीच उक्त उपहार वितरण गरिएको हो ।

जस अन्तरगत तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, जेष्ट स्कुटर वितरण गरिएको छ भने थाइल्याण्ड भ्रमणको प्योकज समेत प्रदान गएिको छ ।

टावरले उपहार योजना अन्तरगत १ हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो । जस अन्तरगत कुपन नम्बर ९६२३ का विजेता सरिता गुरुङले टिभिएसको अपाची आरटिआर मोटरसाइकल जितेकी छिन् । यसैगरी कुपन नम्बर १०६८८ का लोप्साङले टिभिएस जेष्ट स्कुटर हात पारेका छन् भने कुपन नम्बर ८९०२ का अनिता श्रेष्ठले पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् ।

विजेताहरुलाई टिभिएस नेपालका उपाध्यक्ष दिपक अग्रवाल र के एल टावरका प्रबन्धक रमेश कक्षपतिले संयुक्त रुपमा उपहार बितरण गरेका थिए ।

रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा सहभागि भएका ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाएका थिए । जसमा दैनिक उपहार योजना अन्तरगत ३५ जनाले जेडटिईको स्मार्ट फोन, ४० जनाले एफक्युबको सिनेमा टिकट, ६० जनाले शपिंग भौचर पाएका छन् । त्यसै गरि गोदरेज ब्राण्डका टेलिभिजन सेट, वासिंग मेसिन, रेफ्रिजिरेटर, माइक्रो ओभन तथा टाइमेक्स घडी एक एक जनाले हात पारेका छन् । सो योजना असोज १० गतेदेखि कात्तिक २७ गतेसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL